छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

छवि-शिल्पा प्रकरणमा नयाँ ट्विष्ट: जेठी श्रीमतीले हालिन् बहुविवाहको उजुरी

काठमाडौँ, ५ साउन । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिचको झगडामा नयाँ ट्विष्ट आएको छ ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी हुन् । दुई सन्तानकी आमा हेमाले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुबिबाहको उजुरी दर्ता गरेकी हुन् ।

उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख छ।

छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो। उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेकी छन्।

श्रीमान छविराज ओझाबिरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो । लगतै शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्सका लागि निबेदन दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्