काठमाण्डाै, ६ साउन । देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।
केही ठाउँमा हल्का पानी पर्ने र मध्यपूर्वमा भने आज राति ठूलो वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अबको दुई दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस अघिको पानीले जमिन भिजिसकेकाले अब फेरि पर्ने वर्षाले पहाडी क्षेत्रमा पहिरोको खतरा हुने महाशाखाकाे पूर्वानुमान छ । असार २६ गतेदेखि लगातार केही दिन परेको पानीले तराईका धेरैजसो क्षेत्र डुबानमा परेको थिए भने पहाडी क्षेत्रमा पहिरोकाे समस्या पनि देखिएका थिए ।
बाढी पहिरो र डुबानमा परी ९० जनाले ज्यान गुमाइसकेका छन् भने सयाैँ घर परिवार विस्थापित भएका छन् ।