अन्तरमाध्यामिक फुटबल: हरैंचा मोडेल, डिएभी र जनक मेमोरियल प्रिक्वाटरफाइनलमा

अन्तरमाध्यामिक फुटबल: हरैंचा मोडेल, डिएभी र जनक मेमोरियल प्रिक्वाटरफाइनलमा

विराटनगर,  ६ साउन । विराटनगरमा जारी अन्तरमाध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हरैंचा मोडेल स्कुल, डिएभी स्कुल विराटनगर र जनक मेमोरियल स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

आइतबार शहिद मैदानमा सम्पन्न खेलमा हरैंचा मोडेल स्कुलले जीवन विकास पब्लिक स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो।

बिहान भएको खेलमा जित हात पारेको हरैंचाका लागि मनिष तिम्सिना र सौरभ खवासले समान २ गोल गरेका थिए। हरैंचाका लागि बाँकी गोल विदुर खड्का, बिशाल खड्का र नितौत खवासले समान एक गोल गरेका थिए।

त्यसैगरि दोश्रो खेलमा विराटनगरको डिएभी स्कुलले मोर्डन एरा स्कुललाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ। प्रिक्वाटरमा स्थान बनाएको डिएभीका लागि सिदार्थ लामाले ह्याट्रिक गरेका थिए।

रोमान्चक बनेको खेलमा सिदार्थको ह्याट्रिकसँगै निमा लामाले थप एक गोल गरेका थिए। अर्कोतर्फ पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको मोर्डन एराका लागि पेशल श्रेष्ठले दुइ गोल गरेका थिए।

प्रतियोगिताको दोश्रो दिनको अन्तिम खेलमा झोराहाटको जनक मेमोरियल स्कुलले उर्लाबारीको सुनगाभा बोर्डिंग स्कुललाई सडेनडेथमा पराजित गरेको छ। रोमान्चक बनेको खेलको निर्धारित ६० मिनेटको खेलमा दुवै टोली समान ३ गोलको बराबरीमा रोकिएका थिए।

त्यसपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टीमा समेत दुवैटोलीले समान तीन गोल गरेपछि खेलको निर्णय सडेन डेथमा भएको प्रतियोगिता संयोजक विनेश बस्नेतले जानकारी दिए।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान आर्दश स्कुलले सगरमाथा बोर्डिंग स्कुलको सामना गर्नेछ। त्यसैगरि दिउँसो हुने दुइ खेलमा क्रमशः जनता माविले विनायक बोर्डिग स्कुल र रमाइलोको पर्ल एकेडेमीले इडेन बोर्डिंग स्कुलको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्