यात्रुबाहक बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्यो , १२ जना घाइते

<span class='c1'>यात्रुबाहक बससँग ठोक्किएर माइक्रो बस खोलामा</span> <span class='c2'>खस्यो , १२ जना घाइते</span>

धादिङ, ६ साउन। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा बस र माइक्रो आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको लु२ख २१३४ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा५ख २१५१ नम्बरको माईक्रो थाक्रे गाउँपालिका–१ खयरघारीमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्