विराटनगर महानगरपालिकाले दियो, साफमहिला च्याम्पियन्सिपको खेलाडीलाई जनही ५० हजार

विराटनगर महानगरपालिकाले दियो, साफमहिला च्याम्पियन्सिपको खेलाडीलाई जनही ५० हजार

विराटनगर, ६ साउन ।
विराटनगर महानगरपालिकाले साफ महिला फुुटवल प्रतियोगितामा उप विजेता नेपाली महिला टोलीलाई नगद सहित सम्मान गरेकोछ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गरेको हो ।

नेपाली टोलीलाई हौसला प्रदान गर्नको लागि जनही ५० हजारका दरले नगद पुरस्कारको ब्यवस्था गरिएको बिराटनगर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका मेयर भिम पराजुलीले खेलमा हारजित स्वाभाबिक रहेको भएपनि जित आफ्नो पक्षमा निकाल्नको लागि महत्वपुर्ण भुमिका खेल्ने खेलाडीलाई स्थानीय आयोजक बिराटनगर महानगरपालिका पनि भएको नाताले हौसल्ला प्रदान गर्नु आफ्नो दायित्व भित्र पर्ने भन्दै सम्मन गरिएको बताए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विराटनगरमा फुटवल प्रतियोगिता गराउनु पर्छ भनेर आफु अघि सरेको स्मरण गराउँदै बिराटनगरको मायाँ र सद्भाव विदेशीले पनि महसुस गरेको बताए । खेलकुदको लागि एउटा उर्बरभुमी बिराटनगर भएको र त्यसको लागि बिराटनगर महानगरपालिकाको भुमिका सकारात्मक हुनुले महानगरपालिका प्रति उनले आभार ब्यक्त गरे ।

नेपाली महिला फुटवल टिमका कोच हरी खड्काले विराटनगरमा महिला साफ च्याम्पियन्सिपको आयोजना गरेर सफल गराउनु निक्कै चुनौतीका बिच बिराटनगरले आफ्नो शिर उच्च बनाएको बताए ।
विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दीरा कार्कीले बिराटनगरले साफ महिला च्याम्पिसन्सिपमा धेरै कुरा सिक्ने र सिकाउने ठाउँ पाएको स्मरण गरिन् । नेपाली महिला खेलाडीले देखाएको खेलले दर्शकलाई मात्र अनुशासित बनाएन खेलाडी स्वयम पनि अनुशासित भएर खेल्ने वातावरण बनेको बताईन् ।

सन् २०१९ साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण हो। पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा गत फागुन २८ गतेदेखि भएको थियो। यस प्रतियोगितामा सार्क राष्ट्रमा आवद्ध ६ देशको सहभागिता रहेको थियो ।
बि.सं २०७५ साल चैत्र ८ गते भएको फाइनल खेलमा भारतले आयोजक टिम नेपाललाई ३–१ गोलले हराएर साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्