जापानी भाषा सिक्न यस्तो छ मापदण्ड, जापान सरकारले पठायो पत्र

जापानी भाषा सिक्न यस्तो छ मापदण्ड, जापान सरकारले पठायो पत्र

काठमाडौं, ७ साउन । तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एक महिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो व्यर्थै हुने छ ।

जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पर्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो ।

जापान सरकारले सोमबार एक पत्र पठाउँदै जापान गएर एक महिनाको भाषा प्रशिक्षण लिएर आएको शिक्षकमात्र नेपालका तालिम केन्द्रमा पढाउन योग्य हुने भनिएको छ । यसको अर्थ अहिले जापानी भाषा सिकाइरहेकाहरुबाट सिक्नेलाई जापानले रोजगारीमा लैजान योग्य मान्ने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले नेपालमा जापानी भाषा सिकाउने शिक्षकले कम्तीमा एक महिना जापानमा प्रशिक्षण लिनु आवश्यक रहेको योजनासहितको पत्र प्राप्त भएको जानकारी दिए । –नागरिक दैनिकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्