अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु

अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु

गुल्मी साउन ७ -  सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।

राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु वगाएर करि ५० मिटर तल पुराएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले वताए । यस्तै गाउपालिका ३ मा पनि पहिरो जादाँ स्थानीय ३० बर्षिय तिलकुमारि त्ररामु उनका १० वर्षिय छोरा दर्शन तरामुको मृत्यु भएको ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्