गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु, पाँच जना बेपत्ता

गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु, पाँच जना बेपत्ता

गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिकाका वडा नम्बर ४ र ३ मा गएको पहिरोमा ६ जनाको मृत्यु भएको हो।

वडा नम्बर ४ मा चार जनाको मृत्यु भएको वडाध्यक्ष दान बहादुर रानाले जानकारी दिए। रानाका अनुसार मृत्यु हुनेमा पम्फा विक र छली विक, अञ्जली विक र निर्मला विकको मृत्यु भएको हो। वडा नम्बर ४ मा करिब दुई सय मिटर माथिबाट खसेको पहिरोले तीन वटा घरलाई बगरको परिणत गरेको रानाले बताए। तीन घरमा ९ जना व्यक्ति रहेका थिए। अन्‍य बेपत्ता छन्।

यस्तै वडा नम्बर ३ मा दुई जनाको मृत्यु छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतका अनुसार तिलाकुमार त्रासु र उनका ९ वर्षीय छोरा दर्श त्रासुको मृत्यु भएको हो। बेपत्ताको खोजी कार्य तथा उद्धारको काम भइरहेको एसपी बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्