खानेपानी छेपेको बिषयमा छुरा प्रहारबाट एक जना घाइते

खानेपानी छेपेको बिषयमा छुरा प्रहारबाट एक जना घाइते

विराटनगर ७ साउन । सुनसरीको धरानमा खानेपानी छेपेको बिषयमा छुरा प्रहार बाट एक जना घाइते भएका छन । मंगलबार बिहान साढे १० बजे धरान उप महानगरपालिका(६स्थित बिशाल चोक बस्ने बर्ष३२को काजीमान तामाङलाई खानेपानी छेपेको भन्दै सोही स्थान बस्ने बर्ष २० को बसन्त लिम्बुर भोजपुरका राम प्रशाद गाउँपालिका घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने बर्ष१९को हाङकोप राईले एक्काशी दाहिने कोखामा छुरी प्रहार गरी घाईते बनाएका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटि घाइतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ भनेछुराप्रहारगर्नेदुबैलाईनियन्तणमालिईघटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्