प्रदेश १ का २६८ खेलाडी सम्मानित, साफ महिला च्याम्पियन्सिपका खेलाडीलाई जनही १ लाख

प्रदेश १ का २६८  खेलाडी सम्मानित, साफ महिला च्याम्पियन्सिपका खेलाडीलाई जनही १ लाख

विराटनगर, ७ साउन ।
पाँचौँ महिला साफ च्याम्पियन्सिपको बेलामा खेलाडीहरुको लागि घोषणा भएका पुरस्कार तथा सम्मान बितरणको क्रम बिराटनगरमा सोमबार र मंगलवार निक्कै देख्न पाईयो । विराटनगर महानगरपालिकाले २६ जना खेलाडी तथा अफिसियललाई जनही ५० हजारको दरले नगद सहित सम्मान गरेको थियो । त्यस लगत्तै प्रदेश १ सरकारले मंगलवार घोषणा गरेको जनही नगद एक लाख सहित खेलाडीलाई सम्मन गरेको हो ।

प्रदेश सरकारले बिराटनगरमा सम्पन्न भएको महिला साफ च्याम्पियन्सिपका खेलाडी सहित , टिम ब्यवस्थापक र प्रशिक्षकलाई नगद एक लाख सहितसम्मान ग¥यो । महिला राष्ट्रिय टिममा सहभागी २६ जनालाई २६ लाख हस्तान्तरण गरिएको छ । त्यस्तै प्रदेश सरकारले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक ल्याउने प्रदेश १ का खेलाडीलाई समेत नगद सहित सम्मान गरिएको थियो ।

खेलाडी सम्मान कार्यक्रममा बोल्दै प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने दाबी गरे । प्रदेश १ खेलकुदका हिसावले संभावना बोकेको प्रदेश भएकोले अन्य प्रदेशमा भन्दा प्रदेश १ मा खेलकुदलाई प्राथमिकतामा राखेर अन्य प्रदेशको भन्दा बढी नै रकम बिनियोजन भएको दाबी गरे । प्रदेश १ मा फुटवललाई पहिलो प्राथमिकतामा राखेर मुख्यमन्त्री लिग फुटवल प्रतियोगिता समेत आयोजना भईसकेकोले प्रदेशमा खेलकुदका गतिबिधि बढेको जानकारी दिए ।

प्रदेशलाई खेलकुदको राजधानी बनाईने
साफ महिला च्याम्पिन्सिप फुटवल प्रतियोगिता प्रदेश १ को विराटनगरमा गर्न लागिरहँदा ईज्जत र प्रतिष्ठासँग जोडिएको बिषय भएकोले पनि प्रदेश सरकारले त्यसलाई उच्च महत्व दिएको र प्राथमिकतामा राखेर प्रतियोगिता सफल गराउन हरेक हिसावमा सहयोग पुर्याएको बताए । उनले पाँचौ महिला साफ च्याम्पियन्सिप जे जस्तो भएपनि नेपाली महिला टोलीले खेलको माध्यामबाट गरेको प्रदर्शन उच्च रहेको भन्दै प्रशंसा गरे । मुख्यमन्त्री राईले आगामी प्रतियोगितामा पहिलो स्थानमा आउन अहिलेदेखि नै तयारी शुरु गर्न आग्रह गर्दै उनले भने, ‘खेलकुदको विकासका लागि जस्तोसुकै सहयोग गर्न ब्यक्तिगत र सरकारको तर्फबाट तयार छु ।’
प्रदेश सरकारले साफ महिला च्याम्पिन्सिपका उप विजेता टिम सहित आठौँ खेलकुद प्रतियोगिताबाट स्वर्ण, रजत र काश्य पदक ल्याउने खेलाडी, अन्तर प्रदेश मुख्यमन्त्री खेलकुद प्रतियोगिताबाट उपबिजेता बनेको प्रदेशको टोलीलाई समेत नगद सहित सम्मान गरेको हो । साफ महिला च्याम्पियन्सिपका खेलाडी सहित ब्यवस्थापक र प्रशिक्षकलाई एक लाख नगद हस्तान्तरण गरिएको थियो ।

सुदुरपस्चिम प्रदेशमा भएको अन्तरप्रदेश मुख्यमन्त्री खेलकुद प्रतियोगिताबाट बिजेता भएका खेलाडीलाई ४ हजार देखि २० हजारसम्म नगद सहित सम्मान गरिएको छ । त्यस्तै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने खेलाडीहरु मध्ये स्वर्णलाई ९ हजार, रजतलाई ५ हजार पाँच सय र काश्यलाई ४ हजार नगद सहित सम्मान गरिएको हो ।

आठौैँका १३९ जना खेलाडी र २८ जना ब्यवस्थापक तथा प्रशिक्षकलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश भित्रका २ सय ६७ जना खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको प्रदेश सरकारले आगामी दिनमा खेलकुदलाई प्राथमिकतामा राखेर जाने दाबी गरेको छ ।
प्रदेशका सबै स्थानीय तहमा खेल मैदान
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का १३७ पालिकामा खेल मैदान निर्माणको काम पुरा भएको बताएका छन् । उनले प्रदेशका १४ जिल्लामा रंगशाला निर्माणको काम पनि भएको दाबी गरे । उनले अहिले निर्माण भईरहेको बिराटनगर महानगरपालिका वडा नम्बर १९को बैजनाथपुर रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउनको लागि काम भईरहेकोले त्यो प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिए ।

धरानलाई खेलकुदको गतिबिधि हुने क्षेत्रको रुपमा विकास गरी धरानलाई खेलकुद ग्राम बनाईने मन्त्री घिमिरेले दाबी गरे ।
कार्यक्रममा अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले एक बर्षमा मात्र प्रदेश १ले १५ वटासम्म खेलकुदका गतिबिधि गरेकोमा खुसी ब्यक्त गरे । उनले प्रदेश १ खेलकुदको लागि उर्बर भुमी भएकोले कुनैपनि खेलमा दर्शकको कमी महसुस नगरेकोले धेरै राष्ट्रिय खेलकुद तथा अन्तराष्ट्रिय खेलकुदका गतिबिधिहरु प्रदेश १ले गर्न सक्ने एकमात्र प्रदेशको रुपमा स्थापित भएको दाबी गरे ।
मुख्यमन्त्रीसँग जोडिएका धेरै खेलकुद प्रतियोगिताहरु प्रदेश १मा हुने भएकोले त्यसले प्रदेश १ लाई अन्तराष्ट्रिय प्रतियोगिताहरुसँग जोड्ने शेर्पाको भनाई छ । नेपाली महिला राष्ट्रिय टिमका प्रशिक्षक हरि खड्का र क्याप्टेन निरु थापाले प्रदेश १ मा हुन सक्ने खेलकुद गतिबिधि र साफ महिला च्याम्पिसन्सिप प्रतियोगितामा भएको सहयोगको बारेमा प्रदेश सरकारको प्रशंसा गरेका थिए । खेलाडी सम्मानका लागि प्रदेश सरकारले ३८ लाख ५० हजार खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्