तीन सडक भत्केपछि ताप्ली र लिम्चुङबुङ संकटमा, हेलिकप्टरबाट खाद्यान्न पुर्याईयो

<span class='c1'>तीन सडक भत्केपछि ताप्ली र</span> <span class='c2'>लिम्चुङबुङ संकटमा, हेलिकप्टरबाट खाद्यान्न पुर्याईयो</span>

विराटनगर, १० साउन । नम्बर १ प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ । १ वर्षअघिको चरम खडेरीका कारण खाद्यान्न अभाव भइरहेका बेला बाढी र पहिरोकाका कारण सदरमुकाम गाइघाटसँग जोड्ने तीन सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा भोकमरीको समस्या सिर्जना भएप्छि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो ।

विराटनगरस्थित खाद्य गोदामा रहेको चामलसहित दाल, तेल, नुललगायतका राहतका सामान लिएर हेलिकप्टर उदयपुरको ताप्ली रुपाटारमा पुगेको थियो ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो १ महिनादेखि अवरुद्ध छ । त्यहाँ तत्काल बाटो खुलाउन सम्भव छैन । जसका कारण ति गाउँपालिकाका झण्डै ६ हजार घरधुरीका १४ हजार बढी मानिस चरम खाद्यान्नको अभावमा रहेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पैसा हुनेहरुले किनेर खान सक्ने अवस्था पनि नरहेको र नहुनेहरुसँग झनै समस्या रहेको बताए ।
ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले तत्काल यसअघि पसलमा ल्याएको सामानले खान पुगेको र वर्षे धान उपभोग गरिरहरेको भएपनि अब खाद्यान्न अभाव हुने अवस्था आएको बताए । उनका अनुसार कटारी र बेतिनीबाट बोकेर मानिसले खाद्यान्न ओसारिरहेको जानकारी दिँदै ताप्लीमा रहेका २७ सय घर परिवार कटारीसम्मको बाटो पूर्ण रुपमा बन्द हुँदा समस्या रहेको बताए । उनले अझै ५ महिनासम्म बाटो बन्ने सम्भावना कम रहेको बताउँदै तत्कालको निकासका लागि राहत वितरणको पहल गरिएको बताए ।

ताप्लीको रुपाटारमा पहिलो पटक हेलिकप्टरमार्फत १ सय ८० किलो दाल, २ हजार १० किलो चामल, १ सय २० लिटर तेल र १ सय ५० किलो नून पु¥याइएको छ । बिहीबार दिनभरीमा रहरको दाल १ हजार ९ सय ९५ केजी, चालम ८ हजार १० केजी, तेल ५ सय लिटर र नून ५ सय केजी पु¥याइने १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बुधबार ताप्ली र लिम्चुङबुङमा हेलिकप्टर मार्फत ७ दिनलाई पुग्ने गरी ७ सय क्वीन्टल चामल लगायत दाल, नुन र खानेतेल उपलब्ध गराउने निर्णय गरेको थियो ।

राहतले राहत महसुस गर्दै
उदयपुरको ताप्ली र लिम्चुङबुङमा खाद्य संकट छ । त्यहाँका पालिकाहरुले सो क्षेत्रमा गत असारमै संकटग्रस्त क्षेत्र घोषणा गरेका हुन् । खाद्यान्न संकट त छँदैछ, बिरामीको समयमै उपचार गर्न पनि त्यस ठाउँमा समस्या छ ।
गत असार २६ गते गएको बाढीले ताप्ली र लिम्चुङबुङ जोड्ने गाइघाट–मुर्कुची लिम्चुङबुङ हलेसी सडक, कटारी बेतेनी लिम्चुङबुङ सडक र गाइघाट फोक्सिनटार–बलम्ता लिम्चुङबुङ सडक अवरुद्ध हुन पुग्यो । खाद्यान्न संकट मात्रै होइन स्वास्थ्य उपचार र सदरमुकामसँगको सम्बन्ध पनि त्यहाँ विच्छेद भएको छ । आकस्मीक उपचार गर्नुपरे सर्वसाधरणले कि त हेलिकप्टर मगाउनु पर्ने कि त डोलीमा बोकेर लैजानु पर्ने अवस्था छ । डोलीमा बोकेर सदरमुकाम लैजान झण्डै २ दिनसम्म लाग्ने उदयपुरबाट निर्वाचित प्रदेशसभा सांसद नारायणबहादुर मगरको भनाइ छ । सदरमुकामबाट ताप्ली र लिम्चुङबुङ ५० किलोमिटर भन्दा टाढा रहेको मगरले बताए ।
सामान कतैबाट ल्याउन नपाएको र आफूहरु हिंडेर ढाकरमा बोकेर ल्याउने गरेको रुपाटारका स्थानीय पृथ्वीबहादुर भुजेलको भनाइ छ । प्रदेश सरकारले भत्किएका सडक तत्काल निर्माण गर्नका लागि आवश्क पहल गरिरहेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
उनले अल्पकालिन व्यवस्थाका लागि राहत वितरण गरिएको भएपनि दीर्घकालिन समस्या समाधानका लागि केन्द्र सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार मन्त्रालय र स्थानीय तहबीच आपसी समन्वयमा काम छिटोभन्दा छिटो गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
प्रदेशमा तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री पर्याप्त रहेको र अभाव हुन नदिने मन्त्री कार्कीको भनाइ छ । बिहीबार मात्रै ११ टन खाद्यान्न सामाग्री प्रभावित क्षेत्रमा पु¥याइने मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।
प्रदेश सरकारको पहलमा बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले खाद्यान्न ब्यवस्थापनका लागि नेपाल खाद्य संस्थानलाई रकम भुक्तानि गर्ने गरी आग्रह गर्ने र विश्व खाद्य कार्यक्रम नेपाल शाखा र उद्योग वाणिज्य क्षेत्र तथा अन्य संस्थालाई समेत खाद्यान्न सहयोगका लागि आग्रह गर्ने समितिले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्