भदौमा नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, यस्तो छ तयारी

भदौमा नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, यस्तो छ तयारी

काठमाडौँ, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।

उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिखसम्म) हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ।

भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ। उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन्।

‘दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरिय भ्रमण हुने बलियो संकेत आएको छ, सुरक्षा निकायको उच्च स्रोतले भन्यो–‘कुनै कारणबस मोदीको भ्रमण भएन भने भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने बुझेका छौ।’

गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी हुनुभएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दिएका थिए।

भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ)ले यो साता गरेको नेपाल भ्रमण अन्य राजनीतिक उद्देश्यका अतिरिक्त मोदी भ्रमणको वस्तुस्थिती बुझ्ने प्रयोजनका लागि पनि भएको बताइएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्