समयमा काम नगर्ने ठेकेदारको २ करोड २१ लाख पेस्की खोसियो

<span class='c1'>समयमा काम नगर्ने ठेकेदारको २</span> <span class='c2'>करोड २१ लाख पेस्की खोसियो</span>

संखुवासभा,१० साउन । निर्माण जिम्मा लिएर काम नगर्ने आधा दर्जन ठेकेदारको ३ करोड ४१ लाख पेस्की रकम डिभिजन सडक कार्यालयले खोसेको छ । डिभिजन सडक कार्यालय तुम्लिङटारले निर्माणको ठेक्का लिएर काम नगर्ने सात निमार्ण कम्पनीको पेस्की रकम अशुल खोसिएको सूचना अधिकारी सुरजहरि अधिकारीले जानकारी दिए ।

डिभिजन सडक कार्यालयलका सूचना अधिकारी सुरजहरिका अनुसार ओयसिस इन्जिनियर्स एन्ड बिल्डर्सलाई १७ लाख, कोसी एन्ड न्यौपाने निर्माण सेवालाई १६ लाख ८० हजार, हरिहरि निर्माण सेवालाई १४ लाख ५७ हजार जरिवाना लिएको छ । सगरमाथा लोहनी ब्रदर्स जेभीलाई २ लाख ५० हजार, सर्वउद्धार सगरमाथा दोभान जेभीलाई ६ लाख ५० हजार, याक्थुहाङ निर्माण सेवालाई १४ लाख ५० हजार, विनायक निर्माणलाई १८ हजार र बज्र एन्ड सन्सलाई ११ हजार जरिवाना तिराइएको छ  ।

स्वच्छन्द निर्माण सेवाले न्यून काम गरेपछि २ करोड २१ लाख पेस्की रकम जफत गरेको छ । कान्छाराम एनवी जेभीसँग १ करोड ९ लाख र मना कन्स्ट्रक्सनसँग ११ लाख पेश्की रकम अशुलको जनाएको छ । संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाट अरुण नदीको पक्की पुल निर्माण जिम्मा लिएर २० प्रतिशत मात्र काम गरेको छ । स्वच्छन्द निर्माण सेवाको २ करोड २१ लाख पेस्की अशुल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्