पारस खड्काको अर्धशतकीय पारीमा नेपाल बिजयी, भोलि सिंगापुरविरुद्धको खेल निर्णायक

पारस खड्काको अर्धशतकीय पारीमा नेपाल बिजयी, भोलि सिंगापुरविरुद्धको खेल निर्णायक

काठमाडौं साउन ११ । कप्तान पारस खड्काको अर्धशतकीय पारीको मद्दतमा नेपालले आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतविरुद्ध सहज जित निकालेको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १४२ रनको लक्ष्य पछएको नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन बनाए । नेपालका शरद भेषवाकरले ३८ रनको योगदान गर्दा उप–कप्तान ज्ञानेन्द्र मल्ले १९ र रोहित कुमार पौड्यलले ६ रनको योगदान गरे ।

बलिङतर्फ कुवेतका लागि मोहम्मद कासिफले तीन विकेट लिए । त्यस बाहेकका कुनै पनि बलरले विकेट झार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो । कुवेतका लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कुवेदका अदान इदरसले २५ रन जोड्दा मोहम्मद अश्लामले २३ र १७ रनको योगदमान गरे । कुवेतका लागि रभिज सन्दरावनले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा अविनाश बोहोराले एक विकेट लिए ।

अव नेपाललाई ग्लोबल छनोट हुन सिंगापुरविरुद्धको खेलमा जित आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्