चोरेको पैसाले जोगवनीमा गएर एक लाख ५ हजारको मोवाईल किन्ने कामत विराटनगरबाट पक्राउ

<span class='c1'>चोरेको पैसाले जोगवनीमा गएर एक लाख ५</span> <span class='c2'>हजारको मोवाईल किन्ने कामत विराटनगरबाट पक्राउ</span>

विराटनगर १३ साउन । विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा कटहरी १ का सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ ।


कटहरी गाऊपालिका १ बस्ने २० बर्षिय कामतलाई विराटनगर १ बाट हिजो आईतबार पक्राउ गरेको हो । दाहालको घरबाट गत साउन ७ गते चोरी भएको थियो ।
पक्राउ परे पश्चात कामतलाइ खान तलासी गर्दा उनको साथबाट चोरी गरेको नगद रु.३ लाख ८१ हजार र रु.१ लाख ५ हजार पर्ने सामसुङ कम्पनीको मोबाईल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।
उक्त मोबाईल सेट चोरी गरेको रकमबाट खरिद गरेको अनुसन्धान बाट खुलेको डिएसपी खिउजुले बताउनुभयो । पक्राउ परेका कामतलाई चोरी ऐन अन्र्तगत मुद्धा चलाईने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्