खाँडो खोलाको बाढीका कारण सडक भत्किएपछि राजविराज–बेल्ही सडक अवरुद्ध

<span class='c1'>खाँडो खोलाको बाढीका कारण सडक</span> <span class='c2'>भत्किएपछि राजविराज–बेल्ही सडक अवरुद्ध</span>

राजविराज,१३ साउन  । खाँडो खोलाको बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिका १ मा सडक भत्किएपछि एकसातादेखि राजविराज–बेल्ही यातायात अवरुद्ध भएको छ। साउन ४ गतेदेखि अवरुद्ध भएको यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन।

सदरमुकाम राजविराजबाट गएका साना सवारीसाधन तिलाठिवाटै फर्किने गरेका छन्।

साउन २ गते बाँध भत्काएर गाउँ पसेको खाँडो खोलाको बाढी सडकका कारण अवरुद्ध भएको र पानीले निकास नपाएर गाउँनै जलमग्न भएपछि सर्वसाधारणले नै उक्त सडक भत्काएको स्थानीयहरु बताउँछन्।

वर्षाअघि उक्त सडक भएर सानाठूला गरी करिब डेढ सय सवारीसाधन सञ्चालन हुँदै आएका थिए।

सडक अवरुद्ध भएपछि किनमेलका लागि भारतको कुनौली बजार आवतजावत गर्ने सर्वसाधारण र स्थानीयले दुःख पाएका छन्। बेल्ही भन्सार कार्यालयसम्म पुग्दै आएका सवारी तिलाठीमा रोकिन थालेपछि हिलो र पानीबाटै सर्वसाधारण मुस्किलले आवतजावत गरिरहेको छिन्नमस्ता गाउँपालिका ५, लोखरमका पंकज मेहताले बताए।

सडक निर्माणका क्रममा प्राविधिक त्रुटि भएकाले समस्या आएको उनको आरोप छ। ‘हरेक वर्ष बाढीले तिलाठी डुब्छ, त्यसलाई ध्यानमा राखेर आवश्यकता अनुसार कल्भर्ट राख्नुपर्थ्यो,’ उनले भने, ‘तर, साना ह्युम पाइप राखेर सडक निर्माण गरियो, बाढीको वेग त्यसले थेग्न सकेन।’

हालसम्म पनि सडक निर्माणको काम पूरा नभएकाले भविष्यमा आउन सक्ने समस्यालाई ध्यानमा राखी आवश्यकता अनुसार कल्भर्ट राखेर मात्रै सडक बनाउनुपर्ने उनको सुझाव छ।

राजविराज–बेल्ही (कुनौली) सम्मको कुल १० किलोमिटर सडक निर्माणको काम कान्छाराम कन्सट्रक्सनले गरिरहेको छ। हुलाकी राजमार्ग अन्तर्गत कुल ४१ करोड ६२ लाख २८ हजर ४ सय ८७ रुपैयाँमा सडक निर्माणको ठेक्का लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्