मौसम : देशका केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

मौसम : देशका केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौ,१८ साउन ।  शनिबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले शनिबार केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसकै प्रभावले अहिले देशभरीकै मौसम आशिंकदेखि सामान्य बदली भइरहेको छ । मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ ।

यस्तै, शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । दिउँसो र राति केही ठाउँमा चट्याङ पनि पर्न सक्ने भएकाले सर्तक रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि अहिले कमजोर बनेको मनसुन पुनः सक्रिय हुनेछ ।

आइतबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति  पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्