प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जादै

<span class='c1'>प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका</span> <span class='c2'>लागि आज सिङ्गापुर जादै</span>

काठमाडौँ, साउन १८ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । भोलिदेखि नै उहाँको स्वास्थ्य परीक्षण शुरु हुनेछ । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्य उपचार गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । यसअघि उहाँ नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा जानुभएको थियो ।

प्रधानमन्त्रीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार ९साउन २५ गते० स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्