चिसाङ खोलाले धानखेत बगाउँदा किसानका आँखामा आँसु, नेताका आश्वासन मात्र

चिसाङ खोलाले धानखेत बगाउँदा किसानका आँखामा आँसु, नेताका आश्वासन मात्र

रबिन्द्र बराल
रंगेली, १९ साउन ।
मोरङको चिसाङ खोलामा आएको बाढीले करोडौं मुल्यका खेतीयोग्य जमिन बगाएपछि किसानका आँखामा आँसु छचल्किएका छन् । गत असार२४ गते आएको अबिरल बर्षाका कारण चिसाङ खोलामा पानीको बहाव वढेसँगै खेतमा लगाईएको धान खेती सहित खेत बगाएपछि भोलीका दिनमा के खाने भनेर चिन्तित भएका हुन् ।
रंगेली नगरपालिका वडा नम्बर ४, ८ र ९ मा रहेका चोप्राहा, निसान थान, झर्ना घुटु , बाबुसाहेव टोल , दौलतपुर लगायतका स्थानहरुमा खेतीयोग्य जमिन खोलाले कटान गरेको हो ।
खोलाले खेत कटान गरेपछि सयौ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
स्थानीय, प्रदेश र संघको निर्वाचनको बेलामा स्थानीयको माग दरिलो तटबन्ध थियो । तर त्यसको सुनुवाई नहुँदा किसानहरु अहिले खेतीयोग्य जमिन बगाएपछि किसान पुर्पुरामा हात राखेर बस्नुको बिकल्प छैन भन्छन् । स्थानीय भन्छन्, ‘चुनावका बेला सबैको चुनावी एजेण्डा सबैको थियो तर दुई बर्ष बितिसक्दापनि कसैको ध्यान दिएनन् खेत बगाएर भुमिहिन भईयो ।’
मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद नेपाली काङ्ग्रेसका मिनेन्द्र रिजाल विजय भएका थिए भने क्षेत्र नम्बर ५ बाट नेकपा माओवादीका शिव कुमार मण्डल बिजयी भएको हुन् ।

किसानका यस्ता पीडा
जनतालाई दिएको बाचा अनुसार खोलामा तटबन्धनगर्ने भनिएको भएपनि वस्तै नगर्दा अहिलेको यस्तो परिणाम आएको स्थानीय सुर्य बहादुर कार्कीले आरोप लगाए ।
‘तीन बर्ष देखिको लगातार बर्षाको समयमा आएको बाढीले डेढ विघा खेत खोलामा पुग्यो, उनले भने, नेताका सस्ता र फुस्रा भाषणले जनतालाइै मुर्ख बनाउने काम भएको छ ।’
गुनासा सबै किसानका एकै खालका छन् । सबैका खेत बगेका छन् भने खोलाले क्षती गरेको बारेमा अहिलेसम्म सोधीखोजी गर्न कोही नआएकोमा किसानको गुनासो छ ।
रंगेली ४ चोप्राहाका किसान सत्यदेव मण्डलको चार परिवारलाई पालन पोषण गर्ने अढाई बिगाहा खेत खोलाले बगाएको छ । भएको खेत बक्राहा खोलाले बगाएपछि खेतको नाममा १० कठ्ठा मात्रै बाँकी बसेको उनले सुनाए । भएको दुई बिगाहा खेत खोलामा परिणत भए पछि अब परिवार कसरी पाल्ने भन्ने पीडाले मण्डलको परिवारलाई सताएको छ । सोही ठाउँका उपेन्द्र मण्डलको पनि डेढ बिगाहा खेतबाट परिवार चलाउँदै आएका थिए । १० जनाको परिवारलाई राम्रै चलाएका उपेन्द्रको खेत पनि खोलाले बगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता आफ्नो काँधमा आएको पीडा पोखे ।
यी ब्यक्तिहरु केही पात्रहरु मात्र हुन् । यी किसानहरु जस्ता सयौँ किसानको खेत बगरमा परिणत भएको छ । समयमै खोेलाका तटबन्ध नबनाईनु अनी जनतालाई थोत्रो आश्वासन मात्र बाँड्ने प्रबृतिका कारण ठुला क्षतीहरु हुँदै आएका छन् । खोलाको कटानले हरेक बर्ष किसानहरु भुमीहिन हुँदै जाने दर बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्