बेलुकाबाट वर्षा बढ्ने, सतर्क रहन मौसमविद्को सुझाव

बेलुकाबाट वर्षा बढ्ने, सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं , १९ साउन । आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ। यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेको उनले बताइन्।

‘हामीले जुन-जुन स्थानमा वर्षा हुने प्रक्षेपण गरेका छौं, ती स्थानमा पहिरो जाने तथा खोलानाला बढ्ने सम्भावना देखिन्छ,’मौसमविद् पोखरेलले भनिन्, ‘त्यही भएर सतर्क हुन आवश्यक छ।’

हेरौं मौसम महाशाखाले जारी गरेको ताजा बुलेटिन :

मौसम विश्लेषण :
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ।

देशभर समग्र मौसमको अवस्था 
हाल देशभर आंशिकदेखि सामान्यसम्म बदली छ। साथै पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १९ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशक मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण २० गते सोमबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण २१ गते मंगलबार
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहने सम्भावना छ। साथै बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्