मोरङको रतुवामाईका बल वहादुर : गाउँमा कहलिएका समाजसेवी शिक्षक, आफैले दिनेदेखि खोज्नेसम्म

मोरङको रतुवामाईका बल वहादुर : गाउँमा कहलिएका समाजसेवी शिक्षक, आफैले दिनेदेखि खोज्नेसम्म

रबिन्द्र बराल
रंगेली, १९ साउन ।
२०२५ असार ११ गते बुबा मानध्वज बस्नेत तथा माता स्व. जसुमाया बस्नेतको कोखबाट दोस्रो सुपुत्रको रुपमा संखुवासभा मकालुमा जन्मिएका हुन् । बलवहादुर बस्नेत एक गरिव परिवरमा जन्मिएर हुर्किएका ब्यक्ति हुन् ।
सानैमा उनी बुबाआमा सँगै मधेश झरे । सुनवर्सी माध्यमिक बिद्यालय गोबिन्दपुरबाट एसएलसी उतिर्ण गरि उच्च शिक्षाका लागि सरस्वती माध्यमिक इटहरा हुदै आईए महेन्द्र मोरङ क्याम्पस बिराटनगरबाट आफ्नो शिक्षालाई अगाडि बढाए ।
घरको आर्थिक अबस्था कमजोर भएको कारण उनले उच्च शिक्षा भने हाँसिल गर्न सकेनन् । घरमा आर्थिक अभाव भएकै कारण आफुले कक्षा सातमा पढ्ने समयमा मात्र पहिलोपटक खुट्टामा चप्पल लगाएको तर त्यो पनि मेला भर्र्न जाने क्रममा हराएको बेला आफु धेरै रोएको उनले सम्झिए । खाली खुट्टा हिँडेर धेरै यात्रा गरेको उनले बताए । बिद्यालय जाँदा खाली खुट्टा नै रमाईलो लाग्ने गरेको भएपनि बल्ल तल्ल किनेको चप्पर हराएपछि त्यो जतिको पीडा कहिल्यै नलागेको उनले सुनाए ।
उनले कक्षा ८ मा पुगेपछि पहिलो पटक पाईन्ट लगाउने मौका पाए । बस्नेतले पहिलो पटक किनेको पाईन्ट कक्षा १० सम्म दुई बर्ष लगाएको अनुभव सुनाए ।

हाल रतुवामाई नगरपालिका वडा नम्बर ५ मा वस्दै आएका बस्नेत पेशाले शिक्षक हुन् । २०५३ जेठ ८ गते सरस्वती माध्यमिक विद्यालय कल्याणपुरमा निम्न माध्यमिक दरबन्दी पाएका उनले २०५७ माघ २५ गते माध्यामिक विद्यालय झुर्कियामा सरुवा गराएरै छाडे । उनी २०६३ कात्तिक २६ गते शिक्षक सेवा आयोग पास गरि स्थायी भए । हाल उनी कटहरी गाउँपालिका ४ खयरबनामा रहेको निमाबिमा शिक्षण गर्दै आएका छन् ।

समाज सेवाको शुरुवात
आर्थिक अबस्था कमजोर भएका बस्नेतले आफुले त दुख गरेरै पढे अनी जागिर पनि खाए । तर अहिले उनी सामाजिक उत्तरदायित्व अन्तरगत सामाजका काममा ब्यस्त देखिन्छन् । गाउँका गरिब, असहायका छोरा छोरीलाई रकम अभावकै कारण पढ्नबाट बञ्चित हुन नपरोस् भन्दै उनी लागेका हुन् । उनले आफ्नो निजी खर्चमा कटहरी बस्दै आएका अति गरिव परिवारका हस्तबहादुर कार्कीलाई अहिले आदर्श माध्यमिक विद्यालयमा आफ्नै खर्चमा भर्ना गरेर पढाउँदै आएका छन् । कक्षा ८ देखि पढाएका उनले अहिले ११ मा पढाउँदै आएका छन् ।
संघर्षपुर्ण जीवनको शुरुवाती दिनहरुमा निक्कै कठिन रहेको बताएका उनले अहिले समाजसेवाको रुपमा काम गर्दै आएको बताए । किसान परिवारमा हुर्किएर पनि समाजमा समय सान्दर्भिक संघर्ष गर्दै समाजसेवीको रुपमा चिनाउने उनको उदेश्य अहिले समाज रुपान्तरणमा केन्द्रीत छ ।

उनले दर्जनौ मठ मन्दिर, बृद्धाश्रम, बृद्धा चौतारीहरुमा बस्न कुर्सी र गर्मीमा पंखा जडान गरेका छन् । अघिल्लो वर्ष नौ वटा बिद्यालयमा १५७ थान सिलिङ्ग पङ्खा उपलब्ध गराएको उनले बताए । त्यस्तै उनले ४३० विपन्न बालबालिकालाई जाडोको समयमा स्वेटर बितरण गरे । बस्नेतका अनुसार, मोरङको क्षेत्र नम्बर २ का सांसद मिनेन्द्र रिजालसँग मिलेर पनि सहयोग खोज्ने प्रयास गरेँ, गरिव परिवारलाई सहयोग गरौ भने पछि रिजालले संसदीय विकास कोषबाट सहयोग गर्ने बताए तर एक रुपैयाँ पनि सहयोग पाएनन्, ब्यक्तिगत रकमबाट कुनै सहयोग नगर्ने भन्दै रिजाल पन्छिए ।
रतुवामाई नगरपालिका मेयर रबिन राईलाई बालबालिकाको समस्याको बारेमा सुनाएपछि उनले सरकारी बिद्यालयमा अंग्रेजी पढाईको सुरुवातका लागि विभिन्न २६ वटा बिद्यालयका एक हजार ६ सय बालबालिकालाई पोशाक वितरण गरिएको जानकारी दिए ।
केही बिद्यालयमा जस्तापाता उपलब्ध गराएको, मोरङ जिल्ला रेडक्रसको सहयोगमा १९४ थान झोला समेत बितरण गरिएको बताए ।
बस्नेत आफुले सकेको आफ्नै खल्तीबाट ब्यक्तिगत रुपमा सहयोग गर्ने स्वाभावका छन् । यदी आफुले खर्च गर्न नसक्ने अबस्था आउँदा कहाँबाट माग्ने हो त्यो खोजी गर्नमा अब्बल मानिन्छन् ।
रतुवामाई नगरपालिकामा संचालित रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपस्थित अतिथि , खेल समिति र सबै प्रथम खेलाडीहरुलाई १५४ थान टि सर्ट समेत बितरण गरेर खेल र खेलाडीलाई हौसल्ला प्रदान गरेको उनले बताए ।
उनले समाज सेवालाई निरन्तरता दिँदै रतुवामाई नगर भित्रका सरस्वती मा.वि. कल्याणपुर, श्री मा.वि. झुर्किया, लेटी मा. वि. गोबिन्दपुर, जनता मा. वि.ठकठके लगायत १० वटा विद्यालय र सशस्त्र प्रहरी वेस क्याम्प सौंठा समेतका लागि आवश्यकता अनुसार १२४ थान सिलिङ पङ्खा उनले यस बर्ष वितरण गरेर थप समाजसेवालाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्