सिरहाका ज्यानमारा खाल्डा : डेढ महिनामा डुबेरै १८ बालबालिकाको ज्यान गायो

<span class='c1'>सिरहाका ज्यानमारा खाल्डा : डेढ महिनामा</span> <span class='c2'>डुबेरै १८ बालबालिकाको ज्यान गायो</span>

सिरहा, २० साउन ।  सिरहामा पछिल्लो डेढ महिनायता मात्रै डुबेर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रहरीका अनुसार असारमा वर्षाको पानी जमेको खाल्डाखुल्डीमा पाँचजना र एकजना खोलामा डुबेका थिए । साउन महिनामा खाल्डोमा चारजना बालबालिका, खोलामा एक/एक बालिका र महिला, पोखरीमा चारजना बालिका र दुईजना बालक डुबेका थिए ।

पछिल्लो समय सिरहामा डुबेर मृत्यु हुनेको घटना बढेको प्रहरीले जनाएको छ । खाल्डाखुल्डी, पोखरी र खोला बालबालिकाको लागि ज्यानमारा बन्दै गएको स्थानीय अगुवा बताउँछन् ।

धेरैजसो घटना अभिभावक काममा जाँदा खेल्ने क्रममा बालबालिकाको ज्यान जाने गरेको प्रहरीले जनाएको छ । बालबालिकालाई एक्लै छोडेर अभिभावक बाहिर जान नहुने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराको भनाइ छ ।

स्थानीय अगुवा भने छेउछाउका खाल्डाखुल्डी नपुरिकनै त्यसै छोड्नाले यस्ता घटना भएको बताउँछन् । गाउँपालिका तथा वडा कार्यालयले यस्ता खाल्डाखुल्डी नपुरिदिँदा बालबालिकाको ज्यान जाने गरेको उनीहरुको गुनासो छ । खाल्डोमा डुब्दा प्राथमिक उपचारको पनि व्यवस्था गाउँमा नहुँदा अप्ठ्यारो पर्ने गरेको स्थानीयको गुनासो छ ।अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्