हत्या भएको भन्दै कञ्चनको शवसहित प्रदर्शन, श्रीमान पक्राउ

<span class='c1'>हत्या भएको भन्दै कञ्चनको</span> <span class='c2'>शवसहित प्रदर्शन, श्रीमान पक्राउ</span>

राजविराज, २० साउन । । “आत्महत्या” गरेको भनिएकी राजविराज नगरपालिका १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्षले सोमबार शवसहित प्रदर्शन गर्दै दोषिमाथी कारवाहीको माग गरेका छन् ।

अघिल्लो दिन बिहान कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । सोमबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको पोष्टमार्टम सकिएपछि शव लिएर आएका आफन्तले प्रदर्शन गरेका हुन् । केही दिन यता अरबिन्दको अर्कैै केटीसँग लसपस भएको र त्यो कुरा कंचनले चाल पाएपछि दुबैबीचको सम्बन्ध बिग्रिदै गएको छिमेकीहरुले बताएका छन् ।

उनीहरुले घटनाका बारेमा सत्यतथ्य बुझि चाँडोभन्दा चाडो छानबिन गरि दोषिमाथी कारवाही गर्न माग गरेका छन् । कंचनलाई श्रीमान् पक्षले कुटिकुटि मारेको र त्यसपछि आत्महत्या देखाउन झुण्ड्याएको माइती पक्षको दाबी छ ।

“घटनाको प्रकृती तथा शरीर भरि भएको घाउ चोटका आधारमा हत्या नै भएको संकेत देखाउछ”, मृतकका दाजु राजेन्द्र यादवले भने, “हत्यालाई आत्महत्या देखाउन मृतकका पति अरबिन्द यादव र सासु, ससुराले मिलोमतो गरि कंचनलाई पासो लगाएर झुण्ड्याएका हुन् ।”

राजविराज १० निवासी कंचनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बितेपनि पछि गएर दुईबीचको सम्बन्ध चिसिदै गएको छिमेकीहरुको भनाई छ ।

केही दिन यता अरबिन्दको अर्कैै केटीसँग लसपस भएको र त्यो कुरा कंचनले चाल पाएपछि दुबैबीचको सम्बन्ध बिग्रिदै गएको छिमेकीहरुले बताएका छन् ।

“अर्कै केटीसँग प्रेममा फसेपछि उनैसँग विवाह गर्ने÷गराउने नियतले अरबिन्द र सासु, ससुराको मिलोमतोमा योजनाबद्ध ढंगले कंचनको हत्या भएको हो” दाजु राजेन्द्रको दाबी छ । घटनापछि मृतकका सासु ससुरा फरार छन् ।

घटनाको अनुसन्धान गर्न प्रहरीले मृतकका पति अरबिन्दलाई भने पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको डिएसपी भावेश रिमालले बताए । “अहिले नै हत्या वा आत्महत्या भनि सक्ने अवस्था छैन्” डिएसपी रिमालले भने, “अरबिन्दलाई पक्राउ गरि बयान लिने काम भइरहेको छ, पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ, अनुसन्धान र पोष्टमार्टम रिपोर्टको अध्ययन लगत्तै सत्यतथ्य चाडै सार्वजनिक गर्नेछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्