सरकारको ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु

सरकारको ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु

काठमाडौ, २१ साउन । सरकारले ७ सहसचिवलाई सचिवमा बढुवा गर्न गृहकार्य सुरु गरेको छ। उमेर हद र पदावधिका कारण भदौ २१ सम्ममा ७ जना सचिवले अवकास पाउने भएपछि रिक्त हुन आउने पदमा बढुवा तयारी सुरु भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रशासन समूहबाट ४ र प्राविधिक समुहबाट ३ सहसचिव सचिवमा बढुवा हुनेछन्।

प्राविधिक समूहबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र खानेपानी मन्त्रालयका दिपेन्द्रनाथ शर्मा साउन २२ मा पदावधि सकिएर अवकास पाउँदैछन्। प्राविधिक समूहकै शिक्षा तथा विज्ञान प्रविधि सचिव कृष्णराज बिसीले उमेर हदका कारण अवकाश पाउँदैछन्।

प्राविधिक तर्फ सचिवका यी ३ पदमध्ये वरिष्ठतम सहसचिव हैसियतमा ऋषिराज शर्मा स्वतः बढुवा हुनेछन्। सरकारले अन्य दुई सचिवको छनौट प्रतिस्पर्धाका आधारमा गर्ने तयारी गरेको छ।

प्राविधिक सचिव बढुवामा सहसचिवहरु रविन्द्रनाथ श्रेष्ठ, शिवहरि शर्मा, सागरकुमार राई र सुरेश आचार्य प्रतिस्पर्धामा छन्। बढुवा प्रत्यासी रहेका शर्मा र आचार्यको राजनीतिक पहुँच राम्रो छैन। उनीहरूको बढुवाको दाैडमा सशक्त नरहेको स्रोतहरू बताउँछन्। स्रोतका अनुसार सरकारले तजबिजी अधिकार प्रयोग गर्दै रामकृष्ण सापकोटा, मणिराम गेलाल र प्रमिलादेवी बज्राचार्यलाई माथि ल्याउन सक्ने सम्भावना प्रबल छ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद लम्साललाई अवकाश अगावै ४ वर्षका लागि निजामती कर्मचारी प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेको छ। लम्साल साउन २२ देखि अवकाश पाउँदैछन्। यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णराज देवकोटा, लालशंकर घिमिरे, अनिलकुमार ठाकुर र रामकुमार आर्चायले भदौ अन्तिमसम्ममा अवकाश पाउँदैछन्।

उनीहरुको अवकासपछि खाली हुने ४ पदमा वरिष्ठताका आधारमा सहसचिव तोया नारायण ज्ञवालीले स्वतः सचिवमा बढुवा हुनेछन्। अन्य प्रतिस्पर्धीमा सहसचिवहरु तोयम राया, दिनेश भट्टराई, रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र एक नारायण अर्याल छन्।

गृह मन्त्रालयलमा रहेका रामकृष्ण सुवेदी र अर्थ मन्त्रालयमा रहेका तोयम रायाको बढुवा पक्कजस्तै छ। बाँकी एक पदका लागि अन्य सहसचिवको एकआपसमा प्रतिस्पर्धा हुने स्रोतहरुको भनाइ छ।

सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्के लगत्तै सचिवका प्रत्यासीको सूची पेश गर्ने तयारी भइरहेको छ। मन्त्रालयले नयाँ संगठन सर्वेक्षणका आधारमा आवश्यकताअनुसार सचिव बढुवा गर्नेछ।

सचिव बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहने बढुवा सिफरिस समितिले एउटा पदमा तीन जनाको नाम सिफारिस गर्नेछ। यसरी गरिने सिफारिसमा पहिलो सूचीमा परेका व्यक्ति नै दोस्रो र तेस्रोसम्म पनि सिफारिस हुनेछन्। लोकसेवा आयोगबाट सिफरिस भएर आएका तीनमध्ये कुनैलाई सरकारले सचिव बढुवा गर्नेछ।

बढुवाका लागि ज्येष्ठता, कार्य क्षमता र कार्य सम्पादन मूल्यांकनलाई आधार मानिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्