विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न सुझाव

<span class='c1'>विवाहका लागि महिलाको उमेर २० वर्षबाट</span> <span class='c2'>घटाएर १८ वर्ष कायम गर्न सुझाव</span>

काठमाडौं, साउन २३ । सांसदहरुले विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँगको मौखिक प्रश्नोत्तरमा सांसदहरु प्रेम सुवाल, रामकुमारी झाँक्री, देवेन्द्र पौडेल र देवेन्द्रराज कँडेलले प्रश्न गर्दै मुलुकी फौजदारी (संहिता) ऐन २०७४ ले विवाह गर्ने उमेर २० वर्ष तोके पनि नेपालमा त्योभन्दाअघि नै विवाह गर्नेे चलन रहेकाले कानुन संशोधन गरेर व्यावहारिक बनाउन सुझाव दिए ।

जवाफमा मन्त्री थापाले अन्तर्राष्ट्रिय कानुनअनुसार र बालविवाह रोक्नका लागि २० वर्ष उमेर राखिएको भन्दै कानुनलाई प्रभावकारी बनाउन छलफल गर्नसकिने बताइन् ।

यस्तै, सांसदहरु उमा रेग्मी, पुष्पा भुसाल र डिला संग्रौलाले ‘संविधानअनुसार राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व किन हुन सकेन ?’ भनी प्रश्न गरेका थिए ।

यस्तै, सांसदहरुले संघीय मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिनिधित्व हुन नसकेको र सातओटै प्रदेशमा एकजना पनि महिला मुख्यमन्त्री नभएको भन्दै प्रश्न गरे ।

जवाफमा मन्त्री थापाले संविधानअनुसार राज्यका हरेक निकायमा महिला सहभागिताको प्रतिनिधित्व हुँदै गएको र प्रतिनिधित्व हुन बाँकी रहेका राज्यका अन्य निकायमा पनि संविधानअनुसार महिलाको प्रतिनिधित्व लागू हुँदै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्