स्वास्थ्य : औषधि नै पचाउन सक्ने मलेरिया परजिवी फैलिँदै

<span class='c1'>स्वास्थ्य : औषधि नै पचाउन</span> <span class='c2'>सक्ने मलेरिया परजिवी फैलिँदै</span>

बिबिसी- दक्षिण एशियाका देशहरुमा औषधिलाई नै पचाउन सक्ने औलो (मलेरिया) परजिवी तीव्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ।

ब्रिटेन र थाइल्याण्डका शोधकर्ताहरूले गरेको अध्ययनले मलेरियाका  प्रमुख ‌औषधिलाई प्रतिरोध गर्न सक्ने परजीवीहरू दक्षिण एशियामा तीव्र रूपमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरुका अनुसार त्यस्ता परजीवी कम्बोडियाबाट लाओस, थाइल्याण्ड र भियतनाम हुँदै फैलिरहेको छ।

अनुसन्धानका क्रममा ती देशहरुमा मलेरियाका आधा बिरामीलाई पहिलो छनौटको औषधिले काम नगरेको फेला परेको हो।

शोधकर्ताहरूले त्यस्तो प्रतिरोध अफ्रिकामा फैलिन सक्ने बताएका छन्। तर यसको सम्भावना भने पहिले भनिए जस्तो गम्भीर नहुने सक्ने विज्ञहरू बताउँछन।

मलेरियाको उपचार आर्टेमिसिनिन र पिपेराक्युन नामका दुईवटा औषधिको सम्मिश्रणबाट गरिन्छ। त्यो सम्मिश्रण सन् २००८ मा कम्बोडियामा प्रयोग गरिएको थियो।

तर सन् २०१३ सम्ममा कम्बोडियाको पश्चिमी क्षेत्रमा उक्त औषधिविरुद्ध मलेरियाका परजीवीमा प्रतिरोधी क्षमता विकाश भइसकेको पाइएको थियो।

हालसालै सम्पन्न अध्ययनमा दक्षिण पूर्वी एशियाका बिरामीहरूको रगतको नमुना विश्लेषण गरिएको थियो।

मलेरिया परजीवीको डिएनए परीक्षणले प्रतिरोधी क्षमता बढ्दै गएको देखाएको छ।

कतिपय क्षेत्रमा ८० प्रतिशत मलेरिया परजीवी औषधिको प्रतिरोध गर्नसक्ने भइसकेका छन्।

मलेरियाको उपचार नहुने अवस्था सृजना हुँदै गएको हो?
होइन।

एउटा जर्नलमा प्रकाशित अध्ययनले स्वाभाविक रूपमा गरिने उपचारबाट आधा बिरामी निको नभएको बताएको छ।

उनीहरूलाई निको पार्न वैकल्पिक औषधिहरू प्रयोग गरिएको थियो।

यसले के परिवर्तन गर्छ?
उक्त परिणामले मेकोङ्ग नदीको आसपासमा रहेका देशहरूमा बस्ने मानिसहरूको दैनिकीमा भने खासै परिवर्तन ल्याउने छैन।

मलेरियासँग जुझ्नु भनेको सङ्क्रमण पछि उपयुक्त उपचार प्राप्त गर्नु मात्र होइन।

त्यहाँ उक्त रोग फैलाउने लामखुट्टेहरूलाई नियन्त्रण गर्ने प्रयास रोकिने छैन।

तर रोगीलाई आवश्यक पर्ने औषधीहरू भने परिवर्तन गरिनुपर्ने शोधकर्ताहरू बताउँछन्।

विश्वव्यापी रूपमा मलेरिया प्रत्येक वर्ष करिब २१ करोड ९० लाख मानिसलाई लाग्छ।

जाडो हुने, काम्ने, ज्वरो आउने र अत्यधिक मात्रामा पसिना आउनु मलेरियाका लक्षण हुन्।

उपचार हुन नसकेको अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरका अङ्ग नै काम नगर्न सक्ने अवस्था हुन्छ।

मलेरियाका कारण प्रत्येक वर्ष करिब चार लाख ३५ हजार जनाको मृत्यु हुने गरेको छ।

त्यसमा सबैभन्दा बढी पाँच वर्षभन्दा मुनिका बालबालिका पर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्