सरकारी जग्गा किर्ते गरेको आरोपमा उपसचिवसहित २३ जना थुनामा

सरकारी जग्गा किर्ते गरेको आरोपमा उपसचिवसहित २३ जना थुनामा

काठमाडौं। सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा थप ४ जना अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत बाँकेमा बिहिबार भएको थुनछेक बहसपछि जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित अन्य ३ जना अधिकृतलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो ।

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित थुनामा पुग्ने अन्य मालपोत अधिकृतहरुमा हेमराज शर्मा, कृष्णप्रसाद ज्ञवाली र अशोककुमार भट्टराई रहेका छन् ।

मंगलबार विशेष अदालत परिसरबाट पक्राउ परेका ७ जना कर्मचारीमध्ये नायब सुब्बा रविन्द्र थापा, खरिदार किशोरकुमार रिजाल र कार्यालय सहयोगी सुर्यप्रसाद उपाध्याय भने जनही १ लाख धरौटीमा रिहा भएका छन् ।

यी सँगै अपहरण गरी कर्तव्य ज्यान तथा सरकारी कागजात किर्ते मुद्दामा हालसम्म जिल्ला अदालत बाँकेले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जना धरौटीमा रिहा भएका छन् ।

सरकारी कागजात किर्तेमा मुख्य जिम्मेवार भनिएका खरिदार कुलानन्द राउत भने अझै फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्