नेपालगन्जको बिपीचोकमा रातभर भीषण आगलागी,तीन करोडभन्दा बढीको क्षति

नेपालगन्जको बिपीचोकमा  रातभर  भीषण आगलागी,तीन करोडभन्दा बढीको क्षति

नेपालगन्ज । नेपालगन्जको बिपीचोकमा भीषण आगलागी भएको छ। बिहीबार राति सवा ११ बजे लागेको आगो शुक्रबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको बाँके प्रहरीले जनाएको छ।

ए वान फर्निचरबाट सुरु भएको आगोले आठ वटा फर्निचर उद्योगमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए। आगलागीका कारण अहिलेसम्म थाहा नभएको उनको भनाइ छ। क्षतिको विवरण पनि संकलन भइरहेको छ। आगलागीमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

‘एउटा उद्योगको ३० देखि ५० लाख रुपैयाँ क्षति भएको भन्ने प्रारम्भिक अनुमान छ,’ प्रहरी निरीक्षक राठौरले भने, ‘क्षतिको पूर्ण विवरण संकलन भएपछि मात्र यकिन हुन्छ।’

तीन वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्