पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान , भदौ २२ मा मात्र फर्कने

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान , भदौ २२ मा मात्र फर्कने

काठमाडौं, साउन २४ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी कामका लागि भन्दै शाह आज बैंककतर्फ लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले आफु नितान्त निजी काममा थाइल्याण्ड जान लागेको बताएका छन् ।

पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र र छोरी पूर्णिकाका साथमा गत बुधबार नै थाइल्याण्ड गएकी छिन् । पूर्वरानी कोमल शाह भने आगामी भदौ १ गते त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । पूर्वराजपरिवार आगामी भदौ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

केही दिनयता निजी काम, उपचार र बिदा मनाउने भन्दै शीर्ष नेताहरु देशबाट बाहिरिएका बेला पूर्वराजा शाह पनि बैंककतर्फ लागेका हुन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि हाल देश बाहिरै छन् । यहि साउन १८ गते उपचारका लागि भन्दै सिंगापुर गएका ओली आइतवार स्वदेश फर्कने भएका छन् । यसअघि उनी शुक्रबार (आजै) स्वदेश फर्कने बताइएको थियो ।

सत्तारुढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल भने साउन १८ गते नै चार दिने बिदा मनाएर दुबईबाट नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्