‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’

‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ ।

युट्युब च्यानलमार्फत गीतको औपचारिक सार्वजनिक गरिएको छ । दाहालको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा दाहाल स्वयम्ले समेत नृत्य गर्दै अभिनय गरेका छन् ।

उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गरेको हो । दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । उनले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसकेकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्