कर्मचारी संघ संगठनद्वारा छलफलमा रहेको निजामती सेवाऐन नमान्ने चेतावनी

कर्मचारी संघ संगठनद्वारा छलफलमा रहेको निजामती सेवाऐन नमान्ने चेतावनी

काठमाडौँ, २५ साउन । निजामति कर्मचारीहरुले सरोकारवाला निकायसंग छलफल नै नगरिए ल्याईएको संघीय निजामति सेवा ऐन नमान्ने चेतावनी दिएका छन् ।
आज रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै निर्मचारी कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाहा सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भएको भन्दै आक्रोश पोखे । नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले ऐन बनाउँदा सरोकारपक्षसंग छलफल नगरेकोमा आक्रोश पोख्नुभयो ।
कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामूहिक राजीनामाको कुराले थप उत्तेजित र आतंकित बनाउने काम गरेको टिप्पणी गर्नुभयो । समायोजनमा गएका कर्मचारीहरुलाई हाजिर गर्न नदिएर बिच्चलीमा पार्ने काम भएको उल्लेख गर्दे उहाँले आफुहरुको संयमतता र धैर्यतालाई कमजोरीको रुपमा नलिने चेतावनी दिनुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको गम्भिर आपत्ति र असहमति रहेको बताउनुभयो । कर्मचारीहरुको वास्तविक पीरमर्का सम्बोधन गर्ने काम नभए सरकार स्वयंम असफलताको बाटोमा अघि बढ्ने चेतावनी दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले सरोकारवाला पक्षसंग छलफल विना ल्याईएकाले संघीय निजामति सेवा ऐन आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । उहाँले कर्मचारीको भुमिकालाई नजरअन्दाज नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
राज्यव्यवस्था समितिबाट हालै पारित निजामति सेवा ऐनमा राखिएको सामुहिक राजिनामा लगायतका विषयमा कर्मचारी संगठनहरुले तिब्र विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्