प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा शेर्पा निर्वाचित, प्रदेशमा क्रिकेटको विकास के होला

प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा शेर्पा निर्वाचित, प्रदेशमा क्रिकेटको विकास के होला

विराटनगर, २६ साउन ।
प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा डण्डु शेर्पा निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको क्रिकेट संघ प्रदेश १ को विशेष साधरण सभा तथा अधिबेशनबाट अध्यक्षमा मिङ्मा डण्डु शेर्पा, उपाध्यक्ष नवीन घिमिरे, सचिव मनोज कटुवाल र कोषाध्यक्षमा बिरु श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका हुन् ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीले क्रिकेटका संभावना बोकेकोले यसको विकासको लाग्ने बताएका छन् । बिशेष साधारण सभाको उद्घाटन गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले नव निर्वाचित पदाधिकारीलाई बधाई दिँदै क्रिकेटको बिकासको लागि संघले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्