शिक्षामा रूपान्तरण भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

शिक्षामा रूपान्तरण भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ, साउन २६ गते । शिक्षामा रूपान्तरण भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा उक्त नारालाई ‘शिक्षामा रूपान्तरण, उद्यमशीलता र नवप्रवद्र्धन’ भनेर नेपालीकरण गर्दै सप्ताहव्यापी रूपमा युवा दिवस मनाइँदै छ ।
आउँदो सोमबार परेको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा एक हप्ताअघिदेखि नै विभिन्न कार्यक्रम सुरु गरिएको छ । संयुक्त राष्ट्र सङ्घले २०औँ अन्तर्राष्ट्रिय युवा दिवसमा ‘ट्रान्सफर्मिङ एजुकेसन’ भन्ने नारा तय गरेको हो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय नारालाई नेपाली युवाको परिवेशअनुकूल बनाइएको स्पष्ट पार्नुभयो ।
उहाँले यस वर्षको अन्तर्राष्ट्रिय नाराले गुणस्तरीय र व्यावसायिक शिक्षाको माध्यमबाट शिक्षामा रूपान्तरण गर्ने र त्यसको प्रतिफलस्वरूप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवद्र्धनमा टेवा पु¥याउने राष्ट्रिय लक्ष्यसँग जोड्न सकिने धारणा व्यक्त गर्नुभयो ।
युवा दिवस मनाउनका लागि युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा २०१ जनाको मूल समारोह समिति गठन गरिएको छ । समितिले सरकारी तथा गैरसरकारी निकायलाई नेपालले तय गरेको नारासँग सम्बन्धित रहेर मौलिक रूपमा देशभर दिवस मनाउन आह्वान गरेको छ ।
युवा दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा प्रधानमन्त्री प्रतिभा पुरस्कार घोषणा र वितरणसमेत गरिने छ । युवा तथा खेलकुद मन्त्रालयले युवा प्रतिभा तथा उद्यमी सम्मान, युवा संवाद, युवा उद्यमी सिर्जना प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, रक्तदान, युवा उद्यमी सम्मेलनलगायत सप्ताहव्यापी कार्यक्रम आयोजना हुने समितिले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी सुशीला अर्यालले अन्तर्राष्ट्रिय युवा दिवस मन्त्रालयको निकै महŒवपूर्ण कार्यक्रम रहेको प्रस्ट्याउँदै गत वर्षभन्दा केही विशेष गर्न खोजिएको जानकारी दिनुभयो । उहाँले देशभरबाट छानिएका सम्मानित हुन लागेका १० जना युवाको काम र भूमिकाबारेमा जानकारी दिन भिडियो तयार पारिने बताउनुभयो । उहाँले युवा दिवसका अवसरमा मन्त्रालयले युवा अभियन्तासँग परिसंवाद कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्