अन्तर्राष्ट्रिय युवा दिवस : युवा सबल बन्न शिक्षामा रूपान्तरण जरुरी

<span class='c1'>अन्तर्राष्ट्रिय युवा दिवस :  युवा</span> <span class='c2'>सबल बन्न शिक्षामा रूपान्तरण जरुरी</span>

सविता शर्मा

काठमाडौँ, साउन २७ गते । नेपालमा वर्षौंदेखि शिक्षा प्रणाली उपयुक्त भएन भन्ने आवाज उठिरहेको सन्दर्भमा यो विषयलाई विश्वव्यापीरूपमै उठाइएको छ । युवालाई सबल बनाउन शिक्षामा रूपान्तरणको अनुभूत गरी २० औँ अन्तर्राष्ट्रिय युवा दिवसको नारा तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष युवा दिवसको नारा शिक्षामा रूपान्तरण तय गरेकाले पनि युवाका लागि शिक्षा विश्वव्यापी मुद्दा बनेको छ ।
गुणस्तरीय शिक्षाबिना नेपाली युवाको विकास र सक्षम युवाबिना देशको समृद्धि सम्भव हुन नसक्ने आवाजहरू उठिरहेका बेला विश्वव्यापी नारा नेपाली सन्दर्भमा झन् उपयुक्त देखिएको युवा अभियन्ताहरू बताउँछन् ।

युवा नीति २०७२ र युवा विकासका लागि दीर्घकालीन (१० वर्षे) रणनीति युथ भिजन–२०२५ ले नेपाली युवा विकासको प्रमुख आधारस्तम्भ शिक्षालाई नै बनाएको थियो । युथ भिजनको पहिलो आधारस्तम्भ गुणस्तरीय र व्यावसायिक शिक्षा रहेको छ ।
दिगो विकासका लक्ष्यका बारेमा युवा सचेतना अभियान सञ्चालन गरिरहनुभएका अभियन्ता निरज न्यौपाने शिक्षा भनेको पढ्नु मात्र नभएर सिकाइ हुनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । उहाँले नेपालको शिक्षा पद्धति परीक्षा उत्तीर्ण गर्नेमा मात्र केन्द्रित भएको प्रसङ्ग जोड्दै भन्नुभयो, “शिक्षाको रूपान्तरण सीपयुक्त शिक्षामा हुनुपर्छ । ” नेपालमा शिक्षित मानसिकताको विकास हुन नसकेको सन्दर्भ उल्लेख गर्र्दै उहाँले दिगो विकासका सम्पूर्ण लक्ष्य हासिल गर्न पनि शिक्षा नै पहिलो आधारशिला
भएको बताउनुभयो ।
दिगो विकासको चौथो लक्ष्य नै यस पटकको युवा दिवसको नारामा समेटिएको हो । दिगो विकासको लक्ष्य नं. ४ ले समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षासँग जोडिएको छ ।
नेपालको शिक्षा प्रणाली जीवन र व्यावहारिक ज्ञानसँग कम जोडिएको हुँदा यसको रूपान्तरण गर्नुपर्नेमा युवाले जोड दिएका छन् । शिक्षाको रूपान्तरण गर्दा मानसिक स्वास्थ्य, यौन शिक्षालगायतका पक्षलाई समेट्दै अपाङ्गता मैत्री बनाउनुपर्ने यस क्षेत्रमा क्रियाशील युवा बताउँछन् ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले नेपालको शिक्षा विदेशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने खालको भएको प्रसङ्ग उठाउँदै यसलाई नेपाली परिवेश अनुकूल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्