लुटेको मोवाइलबाट खुल्यो हत्याको पोल, २ जना पक्राउ

लुटेको मोवाइलबाट खुल्यो हत्याको पोल, २ जना पक्राउ

जनकपुर  । श्रीमानसँग छुट्टिएर माइतीमा बस्दै आएकी महिलाको हत्या गर्ने दुई व्यक्ति दुई महिनापछि पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका १० माइतीमा बस्दै आएकी ३० बर्षीय अन्जु श्रेष्ठको हत्या गर्ने दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका ८ का ३६ बर्षीय राजकिशोर गिरी र २ का ४१ बर्षीय दशै ठाकुर छन् ।

सिन्धुली निवासी श्रीमान् ईश्वर श्रेष्ठले अर्को बिहे गरेपछि उनी दुई सन्तानसहित केही बर्षदेखि माइतीमा बस्दै आएकी थिइन् ।

मृतककै मोवाइल प्रयोग गर्दा पक्राउ

अन्जुको हत्या भएपछि अभियुक्तले अन्जुको मोवाइल समेत लुटेर लगेका थिए । सोही मोबाइलको आईएमईआई नम्बरको आधारमा दुबैलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आईएमईआई नम्बरको आधारमा उनलाई प्रहरीले घरबाटै आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका मोबाइल तथा एक थान चक्कु बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्