जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय, विद्यार्थी पनि लगाए भागबण्डा!

<span class='c1'>जुम्लामा नेकपा र कांग्रेसले फुटाए</span> <span class='c2'>विद्यालय, विद्यार्थी पनि लगाए भागबण्डा!</span>

जुम्ला । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्।

हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले लेखेका छन्।

शिक्षा कार्यालयले रुपाकोट विद्यालयको नयाँ भवनका लागि बजेट दिने भएपछि उपभोक्ता समिति गठन भएको थियो।

उपभोक्ता समितिको नेतृत्वमा तत्कालिन एमाले निकट थिए। समितिले नयाँ भवनका लागि नयाँ ठाउँमा जग्गा पनि व्यवस्थापन गर्यो।

तर, शिक्षा कार्यालयले भवन निर्माणको १९ लाख बजेट विद्यालय व्यवस्थापन समितिले परिचालन गर्नेगरी विद्यालयको खातामा हालिदियो।

व्यवस्थापन समितिको नेतृत्वमा कांगेसनिकट व्यक्ति थिए।

बजेट उपभोक्ता समितिलाई नआएपछि नेकपा पक्षले आपत्ति जनायो। त्यहिबाट विवाद सुरु भयो, र विद्यालय फुटाइयो।

हाल नेकपा पक्षधर भवनमा ९१ र कांग्रेस पक्षधर भवनमा ९५ विद्यार्ली अध्ययनरत छन्।

गाउँको विद्यालयमा राजनीति लडाइँ चलेपछि ६० विद्यार्थी विद्यालयबाट बाहिरिएर अर्को विद्यालय गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्