घिउ दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि , सुत्केरी भएको एक साताभित्र पुग्छन वडा अध्यक्ष

घिउ दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि , सुत्केरी भएको एक साताभित्र पुग्छन वडा अध्यक्ष

तिलाचन पाण्डे

तम्घास, साउन २८ गते ।

गुल्मीका एक वडा अध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ ।

उहाँले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा भेट्न जाँदा खाली हात नजान र सुत्केरी अवस्थामा घिउको आवश्यकता पर्ने भएकाले एक साताभित्रमा जाने गरेको उहाँले बताउनुभयो ।
सबैको घरमा पौष्टिक आहारा र आर्थिक अवस्था सुदृढ नहुन सक्ने भएकाले यस्तो कार्यको थालनी गरिएको शाहले बताउनुभयो । यो कुनै प्रचारात्मक कार्य नभई सकारात्मक अभियान भएको उहाँको दाबी छ ।

आफूले सुत्केरी भेट्न जाँदा घिउ लिएर जाने कार्यलाई निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो । उहाँले यो आर्थिक वर्षमा अहिलेसम्म छ जना सुत्केरीको घरमा एक मानाका दरले घिउ दिएर बधाईसमेत दिनुभएको छ । महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने गरेको उहाँले बताउनुभयोे ।
वडा अध्यक्षद्वारा वडामा राम्रो कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन वडा नं. ७ का युवक अनिश ढकालले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्