नेपालमै यस्तो : श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको मृत्यु

<span class='c1'>नेपालमै यस्तो : श्रीमान्–श्रीमतीको झगडा</span> <span class='c2'>छुट्टाउन सहजीकरण गर्ने महिलाको मृत्यु</span>

बेत्रावती, साउन २८ गते । 

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्