सप्तरी–१ बाट सिके राउत प्रतिनिधीसभा सांसदमा उठ्ने

सप्तरी–१ बाट सिके राउत प्रतिनिधीसभा सांसदमा उठ्ने

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित यादवले पार्टी (समाजवादी) लाई जानकारी नदिई संसद् सचिवालयमा राजीनामा पेस गरेका हुन् ।

राजीनामा दिनुको कारणबारे सांसद यादवले केही बोल्न चाहेनन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले डा यादवको राजीनाबारे जानकारी गराएका थिए ।

अध्यक्ष यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन्। समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले डा यादवको राजीनामाबारे पार्टीलाई कुनै जानकारी नभएको बताए। ‘उहाँले किन राजीनामा दिनुभयो, थाहा हुन सकेको छैन’, अधिकारीले भने, ‘हामी यसबारे बुझ्दै छौं।’

डा यादव जनकपुरका बालरोग विशेषज्ञ हुन्। राजनीतिमा खासै सक्रिय नदेखिएका डा। यादव निर्वाचनमा एक्कासि फोरमको उम्मेदवारका रूपमा चुनावी मैदानमा देखिएका थिए। पार्टी स्रोतका अनुसार अध्यक्ष यादव र सांसद डा यादवबीच ५–६ महिनायता मनमुटाव देखिँदै आएको थियो।

सांसद यादव निकट एक नेताले अध्यक्ष यादव सरकारमा गएपछि सांसद यादव स्वास्थ्य राज्यमन्त्री बन्ने दाउमा रहेको बताए । तर अध्यक्ष यादवले अर्का चिकित्सक डा सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाएपछि उनी चिढिएका थिए भन्ने खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्