नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज हुने

काठमाडौँ साउन २९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मङ्गलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ ।
साउन १३ गते बसेको सचिवालयको बैठकले २८ गतेका लागि बैठकको मिति तय गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा केही दिन ढिलो सिङ्गापुरबाट फर्किनुभएको कारण बैठकको गृहकार्य हुन सकेको थिएन । त्यही भएर मङ्गलबार बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक बुधबारका लागि सारिएको पनि उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्