बिराटनगरका पत्रकार दासको मैथिली भाषाको गित सार्वजनिक

बिराटनगरका पत्रकार दासको मैथिली भाषाको गित सार्वजनिक

बिराटनगर साउन ३० ,

पत्रकारिता क्षेत्रमा नाम कमाएका पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासको मैथिली गित युट्यूब मार्फत सार्वजनिक भएको छ । ‘सौगात कृएसन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ ।
यस बिषयमा गायक दास संग कुरा गर्दा उनले उक्त गित सानै हुँदा गाएको बताए ।
गायक सोनुकुमार दासको सुमधुर स्वरमा सजिएको उक्त गीतमा विशाल देवल र मोडेल पुनमले साथ दिएकी छिन् ।
उक्त गित युनाइटेड रेकर्डिङ स्टुडियोले संयोजन गरेका छन् । भावनात्मक गित ‘कोना बतायब मोनक बात ’ मा सप्तरी जिल्लाको अधिकांश प्राकृतिक एवम् धारर्मीक स्थलहरुमा छायाङ्कन गरिएको छ । गीतको रचना, सङ्गीत तथा निर्मातां सागर बिर कडारीले गरेका छन् ।
दास हाल एक मिडियामा कार्यरत छन् भने बिभिन्न प्रशिक्षण तालिम प्रदान गर्दै आएका छन् ।

https://www.youtube.com/watch?v=fPVDODZKnPE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्