एनपीएल : पोखरा बलिङमा

<span class='c1'>एनपीएल :</span> <span class='c2'>पोखरा बलिङमा</span>

काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

पोखराले टस जितेर बलिङ रोजेको छ। तेस्रो खेल खेलिरहेको जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा दोस्रो खेल खेलिरहेको पोखराको पहिलो जित निकाल्ने उद्देश्य रहनेछ । जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हालेका छन्। एनपीएल इतिहासमा यी दुबै टोली दुईपटक भिडेका छन्। जसमा एकरएक जित निकालेका छन्।

गत संस्करणमा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने पहिलो संस्करणमा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो। जारी प्रतियोगितामा आठ टोली सहभागी छन्। कर्णाली याक्स अंकतालिकाको शिर्ष स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्