प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ , खोकी तथा ज्वरो देखियो

प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ , खोकी तथा ज्वरो देखियो

काठमाडौं साउन ३० - प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन्। सिंगापुरबाट स्वास्थ्य परीक्षण गरेर सोमबार फर्केका प्रधानमन्त्री ओलीलाई बुधबारदेखि नै खोकी लाग्न थालेको थियो।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार बिहिबार बिहानदेखि प्रधानमन्त्रीलाई सामान्य ज्वरो समेत आएको छ। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक समेत स्थगित भएको छ।

साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्केका थिए।

ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्