२६ कार्तिक २०७६, मंगलवार

पत्रकार शालिकराम पुडासैनी प्रकरण : अस्मिता कार्की “रुक्कु” पक्राउ

काठमाडौँ साउन ३०। एक साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी छिन् ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएपछि स्थायी घर ओखलढु‌ंगा भएकी हाल काठमाडौँको आरुबारीमा बस्दै आईरहेकी अस्मिता भनेर चिनिने रुक्कु कार्की पक्राउ परेकी हुन् ।

उक्त सार्वजनिक गरिएको भिडियोमा पुडासैनीले रुदैं बारम्बार आफु मर्नुको कारण रबी लामिछाने, अस्मिता कार्की र युवराज कँडेल भएको भनी यी तीन व्यक्तिको नाम बताएका छन् ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस