रवि लामिछानेलाई प्रहरीले चितवन पुर्‍यायो, पीडित परिवाले किटानी जाहेरी दिने

रवि लामिछानेलाई प्रहरीले चितवन पुर्‍यायो, पीडित परिवाले किटानी जाहेरी दिने

काठमाडौं ।  माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रहरणमा बिहीबार पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कार्कीलाई दिउँसो पक्राउ गरेको थियो भने पत्रकारद्वय लामिछाने र कँडेललाई लाजिम्पाटस्थित न्युज २४ टेलिभिजन कार्यालयबाट अपराह्न पक्राउ गरेको हो ।

प्रहरीले तीनै जनालाई गाडीमा राखेर चितवन जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको छ । ‘अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेका हौं,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले भने, ‘अनुसन्धानपछि सबै कुरा बाहिर आउँछ ।’

पत्रकार पुडासैनीले साउन २० मा चितवनस्थित कंगारु होटलमा आत्महत्या गरेका थिए । उनले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गर्न लागेको भनी भिडियो रेकर्ड गरेका थिए । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले मृतकका परिवारले जाहेरी दिएको तर व्यक्ति किटान नगरेको बताए । ‘१३ दिनपछि परिवारले किटानी उजुरी दिन्छ,’ उनले भने ।

पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछानेसँगै कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको बताएकाले उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख मल्लले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्