नेपालभर तीन दिनसम्म मौसम यस्तो रहनेछ ….

नेपालभर तीन दिनसम्म मौसम यस्तो रहनेछ ….

काठमाडौँ, साउन ३१ गते । नेपालभर तीन दिनसम्म मौसम सामान्य बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेष गरी पहाडी भेगमा सामान्य वर्षाको अवस्था रहनेछ भने पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने अनुमान छ । अन्यत्र भने मौसम विस्तारै खुल्दै जाने क्रममा रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा छ । औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गाल हुँदै बङ्गालको खाडीसम्मको अवस्था जनाउने महाशाखाले जनाएको छ ।
महाशाखाले धेरै भेगमा बिहीबार र शुक्रबार वर्षात्को मध्यम अवस्था रहने जनाएको छ । शुक्रबार र शनिबार केही भेगमा भने मेघगर्जनसहितको भारी वर्षा हुने आकलन उसले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्