नेकपाको केन्द्रीय विभाग प्रमुख : पूर्व एमालेलाई १८, पूर्व माओवादीलाई १४, कसको भागमा कुन

नेकपाको केन्द्रीय विभाग प्रमुख : पूर्व एमालेलाई १८, पूर्व माओवादीलाई १४, कसको भागमा कुन

काठमाण्डौ । लामो समयदेखि थाति रहेको नेकपाको केन्द्रीय विभागको टुंगो शुक्रबार लागेको छ । निकै नै हानथाप रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । त्यस्तै बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ ।

नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनालले पाउनुभएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ भने राम कार्की विभागको उपप्रमुख हुनुहुन्छ ।यस्तै अ  तथा योजना विभागको जिम्मेवारी भने सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।

त्यस्तै वर्तमान सरकारमा रहेका मन्त्रीहरुले पनि विभिन्न जिम्मेवारी पाएका छन् । धेरै मन्त्रीहरुले मन्त्रालयगत जिम्मेवारी नै पाएका छन् । उपप्रधान एवं रक्षामन्त्रीसमेत रहनु भएका ईश्वर पोखरेलले स्कुल विभाग तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन विभागको जिम्मेवारी पाउनुभएको छ ।

पूर्व एमालेको भागमा 
अर्थ तथा योजना विभाग प्रमुख - सुरेन्द्र पाण्डे
उद्योग तथा वाणिज्य विभाग - राधा ज्ञवाली
निर्वाचन - प्रदिप ज्ञवाली
न्याय काननु तथा मानवअधिकार - रघुजी पन्त
पर्यटन प्रवद्र्धन तथा नागरिक उडययन - योगेश भट्टराई
प्रादेशिक मामला - घनश्याम भूसाल
स्कूल विभाग - इश्वर पोखरेल
भौतीक पूर्वाधार तथा यातायात व्यवस्था - रघुवीर महासेठ
विदेश मामला - माधवकुमार नेपाल
श्रम तथा रोजगार - गोकर्ण विष्ट
संगठन - वामदेव गौतम
संघीय संसदीय विभाग - सुवास नेम्वाङ
समाज कल्याण विभाग - केशवलाल श्रेष्ठ
सहकारी तथा गरिवी - विष्णु रिमाल
सामान्य प्रशासन - लालवावु पण्डित
स्थानीय तह विभाग - युवराज ज्ञवाली
स्वास्थ्य तथा जनसंख्या - राजेन्द्र पाण्डे
नीति अनुसन्धान प्रतष्ठिान - झलनाथ खनाल
पूर्व माओवादीको भागमा
उपभोक्ता हित आपूर्ति विभाग - मातृका प्रसाद यादव
कृषि तथा भूमिसुधार विभाग - चक्रपाणी खनाल
कोष तथा आर्थिक व्यवस्थापन विभाग - हरिबोल गजुरेल
खानेपानी तथा सरसफाई विभाग - बिना मगर
जलश्रोत, सिंचाई तथा उर्जा विभाग प्रमुख - वर्षमान पुन
प्रचार तथा प्रकाशन विभाग - नारायणकाजी श्रेष्ठ
पुस्तकालय तथा अभिलेख विभाग - नारायणप्रसाद शर्मा
युवा तथा खेलकूद विभाग - टोपबहादुर रायमाझी
राजकीय मामला तथा सुशासन विभाग - रामबहादुर थापा
बन तथा वातावरण विभाग - शक्ति बस्नेत
विज्ञान तथा प्रविधि विभाग - गणेश शाह
शिक्षा तथा मानवश्रोत विभाग- गिरिराजमणी पोख्रेल
शहरी विकास विभाग - लेखराज भट्ट
साहित्य, कला तथा संस्कृति विभाग - मणि थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्