जीप दुर्घटनामा परि पत्रकार अधिकारीको मृत्यु

जीप दुर्घटनामा परि पत्रकार  अधिकारीको मृत्यु

सप्तरी ।   सप्तरीको कञ्चनरुप नगरपालिका-११ बक्साहमा स्कोर्पियो पिकअप दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

दुर्घटनामा रेडियो नेपालका बुटवल सम्वाददाता डायलसन अधिकारीको मृत्यु भएको डिएसपी मकेन्द्रकुमार मिश्रले बताए।

तिलोत्तममा नगरपालिका १ का वडाअध्यक्ष तामनाथ पाण्डे, वडा नम्बर ५ का अध्यक्ष सोहन चौधरी, वाणिज्य संघका अध्यक्ष जेपी कँडेल र चालक अशोक भण्डारी घाइते भएका छन्। चालकको अवस्था गम्भीर छ।

घाइते चारैजनालाई ठेलियास्थित धर्मेश्वर हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ। मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको डिएसपी मिश्रले बताए।

रुपन्देहीको बुटवलबाट मोरङको विराटनर जाँदै गरेको बा १६ च २२३५ नम्बरको स्कारपियो पिकअप आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अनियन्त्रित भएको स्कोर्पियोले सडक छेउमा रोकेर राखेको स्थानीय रामकुमारी खत्रीको स ११ प ४६२९ नम्बरको स्कुटरमा समेत क्षति पुर्‍याएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्