प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ११.०० बजे संसदलाई सम्बोधन गर्नु हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ११.०० बजे संसदलाई सम्बोधन गर्नु हुने

काठमाडौं, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो ११.०० बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नकाे जवाफ दिने तालिका रहेको छ । तर विगत दुई÷तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभइ प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्