लहानबाट लागुऔषधसहित दुई पक्राउ, प्रतिबन्धित लागुऔषध बरामत

<span class='c1'>लहानबाट लागुऔषधसहित दुई पक्राउ,</span> <span class='c2'>प्रतिबन्धित लागुऔषध बरामत</span>

लहान, भदौ १ गते ।  प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्